काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको हाे ।
उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानूनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक जना निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने बताइएको छ।
यसैबीच सरकारले चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएसँगै रिक्त भएको सचिव पदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव पौडेलसहित सहसचिवद्वय शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरिएको थियो।
यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मा सरुवा भएका छन् ।

