२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश...

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मुसलमानको इजलासमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मुसलमानको इजलासमा

मंगलवार, बैशाख ९ २०८२११:४७
मंगलवार, बैशाख ९ २०८२११:४७
  • images

    काठमाडौं । रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै हालेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ।

    मंगलबार न्यायाधीश मुसलमानको इजलासमा सुनुवाइ हुने भएको हो। यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो। सोमबार उक्त इजलासले हेर्न नमिल्नेमा राखेको हो।

    लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी थिइन्। यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो। लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा थुनामा छन्।

    रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको  थियो।उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै चैत २२ गते उनलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend