२०८३, आश्विन २२ गते

images

प्रधानमन्त्री ओलीले गरे मोदीसँग टेलिफोन संवाद

प्रधानमन्त्री ओलीले गरे मोदीसँग टेलिफोन संवाद

बुधवार, बैशाख १० २०८२०४:२०
बुधवार, बैशाख १० २०८२०४:२०
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

    उनले यस्ता जघन्य कार्यविरुद्ध नेपालको दृढ ऐक्यबद्धता भारतसँग रहेको दोहोर्‍याए । सामाजिक सञ्जाल एक्समार्फत उक्त संवादको जानकारी दिँदै प्रधानमन्त्री ओलीले एक नेपाली नागरिकको ज्यान गएको उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीले व्यक्त गरेको समवेदनाका लागि कृतज्ञता व्यक्त गरे ।

    उनले आतंकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा अटल रहेको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें, यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।’

    ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले जिम्मेवारी लिएको यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको हमला मानिएको छ ।

    मंगलबार भएको उक्त घटनापछि भारतको राजधानी दिल्ली, मुम्बईलगायत क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी भारत फर्किसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend