२०८३, आश्विन २२ गते

images

कांग्रेसका ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

कांग्रेसका ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

बुधवार, बैशाख १० २०८२०६:१७
बुधवार, बैशाख १० २०८२०६:१७
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई बर्खास्त गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले राजीनामा गर्न आग्रह गर्दा पनि नमानेपछि प्रधानमन्त्री ओलीले उनलाई बुधबार बर्खास्त गरेका हुन् ।

    उनी २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री नियुक्त भएका थिए । उनी कांग्रेसको १४औं महाधिवेशनमा रामेछाप जिल्ला सभापति भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend