२०८३, आश्विन २२ गते

images

बढ्न थाल्यो चोभार सुक्खा बन्दरगाहमा चहलपहल, चीनबाट पहिलो पटक आयो ४ कन्टेनर सामान

बढ्न थाल्यो चोभार सुक्खा बन्दरगाहमा चहलपहल, चीनबाट पहिलो पटक आयो ४ कन्टेनर सामान

बिहिवार, बैशाख ११ २०८२१२:२५
बिहिवार, बैशाख ११ २०८२१२:२५
  • images

    काठमाडौँ । छिमेकी मुलुक चीनबाट पहिलो पटक रेल मार्ग र सडक मार्ग हुँदै कन्टेनराइज्ड ‍कार्गो  ९सामान० चोभारमा सुक्खा बन्दरगाहमा आइपुगेको छ । 

    यसभन्दा पहिला तातोपानी र रसुवा भन्सारमार्फत भन्सार जाँचपासको लागि मालवाहक सवारी साधनहरु चोभार सुक्खा बन्दरगाह आउने गरेको थियो । यही चैत ३० गते चीनको इयु शहरबाट सिधै रेल मार्ग र सडक मार्ग प्रयोग गरी ४ वटा ४० फिटे कन्टेनर चोभार सुक्खा बन्दरगाह आइपुगेका हुन । 

    नेपाली कम्पनीहरु पि।एन।पि। इन्टरप्राइजेज, अम्बर एण्ड सन्स इन्टरप्राइजेज, ओमकार इन्टरनेशनल ट्रेडर्स र साहिम्स ट्रेडर्सले आयात गरेको कस्मेटिक, रोल कपडा, पर्दा, स्पिकर लगायतका सामानहरु बोकेको साउथ एशिया रेल्वेको ४ वटा कन्टेनरहरु पहिलो पटक भन्सार जाँचपासको लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो । उक्त कन्टेनरहरुलाई चीनको इयुबाट चोभार सुक्खा बन्दरगाह सम्म आइपुग्न २० दिनको समय लागेको हो ।

    नेपाल सरकारले चीनबाट पनि सिधै सामान कन्टेनरमा चोभार सुक्खा बन्दरगाहसम्म ल्याउने कानुनी व्यवस्था गरेपछि पहिलो पटक चीनको रेल र सडक मार्ग प्रयोग भएर कन्टेनरमा सामान चोभार सुक्खा बन्दरगाह आएको हो । 

    अर्थ मन्त्रालयले २०८१ कार्तिक गते राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको छ । सोही अनुसार उक्त कन्टेनरहरु तातोपानी र रसुवा भन्सारबाट चोभार सुख्खा बन्दरगाह जाने अनुमति लिएर आएको हो । 

    भारतीय नाका वीरगञ्जबाट सुक्खा बन्दरगाह सञ्चालन शुरु भएको दिन देखिनै भन्सार जाँचपासका लागि आउने गरेको  थियो ।

    नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चीनबाट रेल मार्ग र सडक मार्ग भएर नेपाल सामान आउन शुरु भएको र अव यो क्रम जारी रहने बताए । 

    चोभार सुक्खा बन्दरगाह मार्फत चीनमा सामान आयातरनिर्यात हुने अव ढोका खुलेको उनले बताए । नेपाल सरकारले अब चीनबाट आयात हुने वस्तु सिधै चोभार ल्याउन र नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिने व्यवस्था गरेको छ। 

    हाल चोभार सुक्खा बन्दरगाहबाट चीन तर्फको नाका तातोपानी र रसुवा भई वस्तु निर्यात हुने गरेको अवस्था थिएन अव यसको लागि ढोका खुलेको छ । 

    त्यसैगरी व्यापार घाटा कम गर्न नेपालले निर्यात बढाउनु पर्ने हुँदा काठमाण्डौ तथा काठमाण्डौ वरिपरिका स्थानहरुमा उत्पादन हुने वस्तुहरु अव चोभारबाटनै भारत, चीन तथा अन्य मुलुकहरुमा निर्यात गर्न सकिने प्रवधानले वस्तु उत्पादन गरी निर्यात गर्न व्यवसायीहरु उत्साही भएको उनले दाबी गरे । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend