२०८३, आश्विन २२ गते

images

प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने

प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने

बिहिवार, बैशाख ११ २०८२०३:३१
बिहिवार, बैशाख ११ २०८२०३:३१
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।  शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ। बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेका हुन्।

    सरकारको नेतृत्वकर्ता  दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए। 

    ‘भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ,’ बर्तौलाले भने, ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend