२०८३, आश्विन २१ गते

images
  • समाचार
  • शिक्षक आन्दोलन : बानेश्वरमा शिक्षक र...

शिक्षक आन्दोलन : बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप

शिक्षक आन्दोलन : बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप

आइतवार, बैशाख १४ २०८२०१:०७
आइतवार, बैशाख १४ २०८२०१:०७
  • images

    काठमाडौं ।  काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नयाँबानेश्वरमा प्रहरीसँग झडप भएको छ ।

    शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको हाे । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए ।

    अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो आन्दोलनमा शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

    महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend