२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ...

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सोमवार, बैशाख १५ २०८२०८:१६
सोमवार, बैशाख १५ २०८२०८:१६
  • images

    काठमाडौँ । प्रतिनिधि सभा बैठक सोमबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्नेछ।

    आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ु पेस गर्ने कार्यसूची छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

    आजकै बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend