२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सोती घटनामा २३ जनालाई जन्मकैदको सजाय...

सोती घटनामा २३ जनालाई जन्मकैदको सजाय उच्च अदालतद्वारा सदर

सोती घटनामा २३ जनालाई जन्मकैदको सजाय उच्च अदालतद्वारा सदर

मंगलवार, बैशाख १६ २०८२१०:२४
मंगलवार, बैशाख १६ २०८२१०:२४
  • images

    काठमाडौं । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको सोती घटनामा संलग्न २३ जना प्रतिवादीलाई सुनाइएको जन्मकैदको सजाय सदर गरेको छ । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले रुकुम पश्चिम जिल्ला अदालतको फैसलालाई अधिकांश रूपमा यथावत् राख्दै जन्मकैदको सजाय सदर गरेको हो । 

    यद्यपि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने उल्टाइएको छ । पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैद सदर भएकाले फैसलामा आंशिक मात्र उल्टी भएको हो ।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा १० जेठ २०७७ मा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संलग्न ठहर २३ जना दोषीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको अवधि २५ वर्ष हुने व्यवस्था छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend