काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ ।
सरकारले तत्कालीन उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्ती गरेसँगै उक्त पद खाली रहेको थियो ।

