२०८३, आश्विन २३ गते

images

नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ आज

नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ आज

सीएनएन खबर
आइतवार, बैशाख २१ २०८२०८:३०
सीएनएन खबर
आइतवार, बैशाख २१ २०८२०८:३०
  • images

    काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

    उनलाई आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

    गत वैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।

    प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेसँगै ऊर्जा राज्यमन्त्रीको रिक्त पदमा गर्बुजालाई नियुक्त गरिएको थियो ।

    गर्बुजा नेपाली कांग्रेसका सांसद हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend