२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • नागरिक उन्मुक्ति पार्टीको चेतावनी, रेमश पक्राउबारे...

नागरिक उन्मुक्ति पार्टीको चेतावनी, रेमश पक्राउबारे जवाफ नदिए सरकार छाड्छौँ

नागरिक उन्मुक्ति पार्टीको चेतावनी, रेमश पक्राउबारे जवाफ नदिए सरकार छाड्छौँ

सोमवार, बैशाख २२ २०८२११:४३
सोमवार, बैशाख २२ २०८२११:४३
  • images

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीरगृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन् । 

    सोमबार ९वैशाख २२० प्रतिनिधिसभा बैठकमा उनले मंगलबार ९भोलि० संसद्मा जवाफ नदिइए सरकार छाड्ने बताएका हुन् ।

    “भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौँ,” उनले भने । नागरिक उन्मुक्तिबाट सरकारमा अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन् ।

    यही वैशाख १७ गते सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत अधिकृत महिमानसिंह विष्टको पत्रपछि प्रहरीले रेशमलाई कमलादीबाट प्रकाउ गरेको थियो । पक्राउ गरेर अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्‍याइएको रेशमका बुवा समेत रहेका सांसद चौधरीले बताए ।

    उक्त पत्र फर्जी भन्दै केही घण्टामा रेशम चौधरीलाई छाडिएको थियो । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तय भएको दिन उक्त स्थलबाटै रेशमलाई पक्राउ गरिएको थियो । त्यसपछि एकता प्रक्रिया भाँडिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend