२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासंकल्प :...

‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासंकल्प : प्रधानमन्त्री ओली

‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासंकल्प : प्रधानमन्त्री ओली

बिहिवार, बैशाख २५ २०८२०१:३०
बिहिवार, बैशाख २५ २०८२०१:३०
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प भएको बताएका छन् । बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले सरकार सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने संकल्पसहित अघि बढिरहेको बताए । उनले नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् भन्नका लागि रोग लाग्ने परिस्थिति र अवस्था आउनै नदिने अवस्था बनाउन जरुरी रहेको बताए । उनले रोग लाग्नै नदिनको लागि सन्तुलित खानपिन पनि एउटा महत्वपूर्ण विषय रहेको बताए ।

    उनले रोग र उपचार प्रकृतिमै निहित रहेको भन्दै कुन कुराबाट के रोग लाग्छ र केबाट निको हुन्छ भन्नेकुराको खोजि गर्न जरुरी रहेको बताए । उनले आयुर्वेदिक उपचार धेरै राम्रो हुने भएपनि पछिल्लो समय कम हुँदै गएको भन्दै गुनासो गरे । उनले आयुर्वेदिक औषधि विज्ञानको प्रक्रियालाई विकास गर्दै अघि बढ्न जरुरी रहेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘जुन पनि रोग लाग्छ, त्यसलाई निको पार्नसक्ने कुरा प्रकृतिमै निहित छ  । औषधि पनि प्रकृतिमा निहित छ । हामी निरोगी नेपालको महासंकल्पमा छौँ । निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प हो । हामी सिंगै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौँ । मान्छेको स्वास्थ्य अवस्था कमजोर भयो भने इम्युन सिस्टम, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । मान्छेको इम्युन सिस्टम नै कमजोर नहोस्, यसका निम्ति प्रयास गरौँ । खानपिनः पेट भर्ने मात्रै होइन, सन्तुलित खानपिन । र स्वास्थ्यका लागि उपयोगी, लाभदायी खानपिन हुनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले कुष्ठरोगलाई नलुकाई समयमै उपचार गर्न आग्रह गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend