२०८३, आश्विन २२ गते

images

राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के-के समेटियो?(पूर्णपाठ)

राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के-के समेटियो?(पूर्णपाठ)

बिहिवार, बैशाख २५ २०८२०५:५६
बिहिवार, बैशाख २५ २०८२०५:५६
  • images

    काठमाडौं । व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ।

    बिहीबार राजधानीमा पत्रकार सम्मेलन नवराज सुवेदी नेतृत्वको समितिले जेठ १५ देखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको हो। 

    अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएका छन्। जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ। यस्तै हिन्दुराष्ट्रको पुनर्स्थापना, दुई तहको सरकार हुनुपर्ने राजावादी समूहको भनाइ छ। 

    आफूहरूको लक्ष्य प्राप्त गर्न सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमार्फत कार्यक्रमहरु हुने प्रतिबद्धता पत्रमा उल्लेख छ। यद्यपि आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने, भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने स्पष्ट गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend