२०८३, आश्विन २२ गते

images

राजसंस्था लोकतन्त्रको विरोधी होइनः लिङ्देन

राजसंस्था लोकतन्त्रको विरोधी होइनः लिङ्देन

बिहिवार, बैशाख २५ २०८२०६:१७
बिहिवार, बैशाख २५ २०८२०६:१७
  • images

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयताको खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन भएको बताएका छन्।

    राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच धुर्वीकरण हुन जरुरी रहेको बताएका हुन्। 

    लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकर्ताहरुलाई धुर्वीकरण हुन आह्वान गरे। उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएको भन्दै सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन समेत आग्रह गरे।

    लिङ्देनले पनि थापाले जस्तै आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गरे।  ‘देश यही अवस्थामा बसिरहन सक्दैन, नयाँ सम्झौतामा जानुपर्यो। जबकि राजादेखि सबै शक्ति अटाउन सकोस्’, लिङ्देनले आफूहरुको प्रस्तावलाई नस्वीकारी गणतन्त्र पक्षधरले दमनको बाटो बढारिने चेतावनी दिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend