२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा तोकेको जरिवाना...

पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा तोकेको जरिवाना तिर्दै राजावादी

पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा तोकेको जरिवाना तिर्दै राजावादी

शुक्रवार, बैशाख २६ २०८२१२:५३
शुक्रवार, बैशाख २६ २०८२१२:५३
  • images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्ने तयारी गरिएको छ । जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरूले महानगर पुगेर आजै जरिवाना तिर्ने तयारी गरेको राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

    “जरिवाना राप्रपाले तिर्ने होइन । राजावादी साथीहरूले संकलन गरेको रुपैयाँ हिजो सुवेदीलाई बुझाएका छन् । आज गएर महानगरमा बुझाउने हो,” उनले भने ।

    गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड र फोहोर गरेकोसहित विभिन्न शीर्षकमा काठमाडौं महानगरले पूर्वराजा शाहका नाममा सात लाख ९३ हजार रुपैयाँ बराबरको जरिवानापत्र काटेको थियो ।

    त्यसपछि राजावादीको एक समूहले सामाजिक सञ्जालमार्फत चन्दा संकलन अभियान चलाएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend