२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • नीति कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको...

नीति कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्वीप, वैशाख २८ को बैठकमा अनिवार्य उपस्थिति

नीति कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्वीप, वैशाख २८ को बैठकमा अनिवार्य उपस्थिति

सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२०१:०४
सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२०१:०४
  • images

    काठमाडौं । नेकपा एमालेले वैशाख २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । 

    आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममालाई निर्णयार्थ पेस हुने भएकाले अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो । 

    “राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको ०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ,” एमाले प्रमुख सचेत महेश बर्तौालले जारी गरेको ह्वीपमा भनिएको छ, “नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ ।”

    वैशाख १९ गते प्रस्तुत भएको नीति कार्यक्रममा निरन्तर छलफल भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend