काठमाडौं । राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । उनलाई सुकेधाराबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
बस्नेतविरुद्ध प्रहरीले पहिल्यै पक्राउ अनुमति लिइसकेको थियो । पक्राउका लागि अदालतबाट अनुमति लिइसकेका अझै केही फरार रहेका र उनीहरु पनि खोजीको सूचीमा रहेका एसपी बोहराले बताए ।

