२०८३, आश्विन २३ गते

images

यी ६ विधेयक छिटो पारित गर्न प्रधानमन्त्रीको आग्रह

यी ६ विधेयक छिटो पारित गर्न प्रधानमन्त्रीको आग्रह

आइतवार, बैशाख २८ २०८२०२:११
आइतवार, बैशाख २८ २०८२०२:११
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विचाराधिन विधेयकहरु यथाशीघ्र पारित गर्न आग्रह गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदमा विचाराधीन रहेका ६ वटा विधेयक यथाशीघ्र पारित गर्न आग्रह गरेका हुन् । नीतिहरु कार्यान्वयनका लागि ६ वटा ऐनहरु अत्यावश्यक भएकाले सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न  अनुराेध  गरे ।

    वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक,नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यथाशिग्र पारित गर्न प्रधानमन्त्री ओलीले संसदसमक्ष आग्रह गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend