२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ...

प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची

सीएनएन खबर
बुधवार, बैशाख ३१ २०८२०६:३६
सीएनएन खबर
बुधवार, बैशाख ३१ २०८२०६:३६
  • images

    काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

    बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ । 

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । 

    बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend