२०८३, आश्विन २१ गते

images

गभर्नर सिफारिस समितिमा पाण्डे

गभर्नर सिफारिस समितिमा पाण्डे

बुधवार, बैशाख ३१ २०८२१०:१४
बुधवार, बैशाख ३१ २०८२१०:१४
  • images

    काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा पोषराज पाण्डेलाई नियुक्त गरेको छ । समिति सदस्यबाट विश्व पौडेलले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेलाई नियुक्त गरिएको हो ।

    गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेका छन् । उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

    यसअघि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनेको समितिमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र पौडेल सदस्य थिए ।

    यस्तै सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा सरुवा गरेको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो । निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेरहदका कारण अघिल्लो बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । सिंहको अनिवार्य अवकासपछि रिक्त रहेको सचिव पदमा पौडेल बढुवा भएका हुन् ।

    सचिवमा बढुवा भएका पौडेलले भन्सार विभागको महानिर्देशक, धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन् । पौडेल यसअघि पनि सचिव बढुवाको सिफारिसमा परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend