२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमाले प्रदेश सांसद पन्थीले बुझाए धरौटी,...

एमाले प्रदेश सांसद पन्थीले बुझाए धरौटी, अब पक्राउ नगर्न अदालतको पत्र

एमाले प्रदेश सांसद पन्थीले बुझाए धरौटी, अब पक्राउ नगर्न अदालतको पत्र

सीएनएन खबर
बिहिवार, जेठ १ २०८२०७:०५
सीएनएन खबर
बिहिवार, जेठ १ २०८२०७:०५
  • images

    काठमाडौँ । नेकपा (एमाले) का लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थीले धरौटी दाखिला गरेको भन्दै मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी बमोजिम नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई पत्राचार गरेको छ । पन्थीले बुधबार जिल्ला अदालत मोरङमा धरौटी दाखिला गरेका हुन् । 

    पन्थीका साथै सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रालि. काठमाडौँका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न अदालतले पत्र पठाएको हो । 

    ‘उपर्युक्त सम्बन्धमा वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रा।लि। समेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१/०१/३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१/१/३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं. ३०१६ मिति २०८१/०३।१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्नु, नगराउनु हुन अनुरोध छ,’ अदालतले द्वय पन्थी र खनालको नाम उल्लेख गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँमा पठाएको पत्रमा उल्लेख छ । 

    उनीहरू विरुद्ध मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि नै पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend