२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रधानमन्त्री भन्छन्,– म प्रधानमन्त्री हो...

प्रधानमन्त्री भन्छन्,– म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा

प्रधानमन्त्री भन्छन्,– म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा

बिहिवार, जेठ १ २०८२०२:०५
बिहिवार, जेठ १ २०८२०२:०५
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा साँच्चैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिएका छन्।  बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा गरेको दाबी गर्दै आएकोप्रति इंगित गर्दै साँच्चिकैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिएका हुन्। 

    ‘आजकाल अब मेरिटोक्रेसी। भन्न हुँदैन, मेरिटोक्रेसी भन्ने। जाँच लिएझैँ गर्ने। जाँचकी आफ्नै, पेपर काट्ने आफ्नै, इन्टरभ्यु लिने आफ्नै, कसको नाम निकालौँ हजुर भनेर सोधेर फलानाको निकाल भनेपछि निकाल्ने,' उनले भने, 'अनि मेरिटोक्रेसीका धाक लगाउने । साँच्चैको मेरिटोक्रेसी गरौँ न। जाँच नै लिने भए जाँच नै लिऔँ। तर फेयरली लिऔँ। मेरो नीति त्यो हो। कति सक्छु कार्यान्वयन गर्न म एक्लै छैन, यो देशमा। म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि। त्यसो भएर मैले सकेसम्म मेरिटोक्रेसी कायम गर्ने हो।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend