काठमाडौं । जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङको राजीनामा अस्वीकृत भएको छ । बेलायतमा रहेकी गुरुङले केही दिनअघि बेलायतबाट हस्तलिखित राजीनामा इमेलमार्फत पठाएकी थिइन् । प्रदेशसभा सचिवालयको इमेलमा गुरुङले हस्तलिखित राजीनामा पठाए पनि प्रक्रिया पूरा नभएको भन्दै अस्वीकृत गरिएको छ ।
प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले गुरुङलाई स्वयं उपस्थित भई सनाखत गराएर निर्देशन दिएका छन् । योसँगै सांसद गुरुङको राजीनामा स्वीकृत हुन उनी आफैं उपस्थित हुनुपर्ने छ ।

