२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट...

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

सीएनएन खबर
शुक्रवार, जेठ २ २०८२०३:१३
सीएनएन खबर
शुक्रवार, जेठ २ २०८२०३:१३
  • images

    काठमाडौँ । संघीय सांसद एकनाथ ढकालले गोर्खा जिल्लाको समग्र विकासका लागि संसदको प्रतिनिधिसभा बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको बैठकमा सांसद ढकालले गोर्खाको पर्यटन, पूर्वाधार र धार्मिक क्षेत्रको समुचित विकासका लागि ठोस बजेट विनियोजन आवश्यक रहेको धारणा व्यक्त गरे।

    ढकालले गोर्खा जिल्लाको समृद्धि सम्भावना औंल्याउँदै बुढीगण्डकी जलविद्युत् आयोजना, मनकामना तथा गोरखकाली धार्मिक क्षेत्रको विकासमा प्राथमिकता सहित बजेट छुट्याउन माग गरे। ‘पर्यटन तथा धार्मिक सम्भावनाले भरिपूर्ण हाम्रो जिल्लामा सरकारी लगानीको कमीले अपेक्षित विकास हुन सकेको छैन,’ उनले भने।

    त्यस्तै, सांसद ढकालले गोर्खा बजारबाट बुङ्गकोट, क्यामुनटार, महादेवटार, घाटबेंसी, आरुघाट, तान्द्राङ्ग हुँदै गोर्खा बजारसम्मको हालको कच्ची रिङ्गरोड सडकलाई कालोपत्रे गर्न विशेष बजेटको आवश्यकता रहेको बताए। उनले भने, ‘यो सडकले स्थानीय आवागमन, व्यापार र पर्यटनमा उल्लेखनीय योगदान पुर्याउनेछ।’

    इतिहासिक व्यक्तित्वहरूप्रति सम्मान जनाउँदै ढकालले प्रथम शहीद लखन थापा र प्रथम प्रधानमन्त्री भीमसेन थापासँग सम्बन्धित सामग्री र स्थलको खोज तथा संरक्षणमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे।

    साथै, झिगटेभन्ज्यांग–अश्रांग–बॊर्लाङ्ग–महादेवटार खण्डको कच्ची सडक तथा घाटबेंसी–धादिङ्गको बुट्टार जोड्ने जिर्ण पुलको यथाशीघ्र मर्मतसम्भारमा सरकारको ध्यान जानु पर्ने उनको माग थियो।

    सांसद ढकालको ध्यानाकर्षण गोर्खा जिल्लाको भौतिक संरचना र सांस्कृतिक सम्पदाको दीर्घकालीन विकास योजनाका लागि एक सशक्त सन्देशका रूपमा आएको विश्लेषण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend