२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • दुई मन्त्रीका कारण तरुण दल लमजुङको...

दुई मन्त्रीका कारण तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान

दुई मन्त्रीका कारण तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान

शनिवार, जेठ ३ २०८२०६:४४
शनिवार, जेठ ३ २०८२०६:४४
  • images

    काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको अधिवेशनमा गम्भीर विवाद उत्पन्न भई खुकुरी हानाहानको घटना भएको छ। शनिबार (२०८२ जेठ ३) अधिवेशनको उद्घाटन सत्रमै दुई पक्षबीच झडप हुँदा चार जना घाइते भएका छन्।

    घटनास्थलमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङ र वन मन्त्री भेषबहादुर पाैडेल पक्षधर युवाहरूबीच भनाभन हुँदै झडपमा परिणत भएको बताइएको छ। विवाद चर्किएपछि संस्थापन पक्षले इतर पक्षमाथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

    खुकुरी प्रहारबाट बेसीसहर नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दल लमजुङ क्षेत्र नं. २ का सभापति खुसीजंग गुरुङ, कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य सुदीप अधिकारी र तरुण दलका सदस्य धन घले घाइते भएका छन्।

    तीमध्ये सुदीप अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले उनलाई चितवन मेडिकल कलेज, भरतपुर रिफर गरिएको छ भने अन्य तीन जनाको उपचार प्रदेश अस्पताल लमजुङमा भइरहेको छ।

    राजनीतिक अधिवेशन जस्तो लोकतान्त्रिक प्रक्रियामा हिंसात्मक घटना हुनु कांग्रेस नेतृत्व र युवा संगठनको अनुशासनमा गम्भीर प्रश्न खडा भएको विश्लेषकहरू बताउँछन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग उठ्न थालेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend