२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ओलीलाई बालेनको जवाफ: सरी केपी ओली,...

ओलीलाई बालेनको जवाफ: सरी केपी ओली, तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

ओलीलाई बालेनको जवाफ: सरी केपी ओली, तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

सोमवार, जेठ ५ २०८२०९:५२
सोमवार, जेठ ५ २०८२०९:५२
  • images

    काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले सोमबार साँझ फेरि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नआएपछि प्रधानमन्त्री ओलीले अबदेखि नबोलाउन निर्देशन दिएका थिए ।

    सरकारले आयोजना गरेका कुनै पनि कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरिएको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिएका थिए ।

    त्यसकै जवाफमा मेयर शाहले फेसबुकमा लेखेका छन्, 'जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गैदिनुपर्ने ? सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम ।'

    प्रधानमन्त्री ओलीले के भनेका थिए ?

    'कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि के हो। कोही–कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ, कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने – यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधी खोजी गर्नुहोला। हेर्नुहोला, रेकर्ड – को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।'

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend