२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले उठाएका प्रश्नमा...

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

मंगलवार, जेठ ६ २०८२०७:२७
मंगलवार, जेठ ६ २०८२०७:२७
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । 

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । 

    यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

    साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend