२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीलाई भाग्न ‘हेलिकप्टरको छुट’ दिने...

प्रधानमन्त्रीलाई भाग्न ‘हेलिकप्टरको छुट’ दिने : राजेन्द्र लिङ्देन

प्रधानमन्त्रीलाई भाग्न ‘हेलिकप्टरको छुट’ दिने : राजेन्द्र लिङ्देन

मंगलवार, जेठ ६ २०८२१०:४९
मंगलवार, जेठ ६ २०८२१०:४९
  • images

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसदेखि सुरु गर्न लागिएको आन्दोलनलाई निर्णायक बनाउने घोषणा गरेका छन्। राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि गरिने आन्दोलन शान्तिपूर्ण हुने उनको भनाइ छ।

    ‘अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो,’ : लिङ्देनले भने ।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले भने, 'प्रधानमन्त्रीलाई सम्झौता नगर्ने हो भने हामीले हेलिकप्टरबाट जाने मौका दिनुपर्छ। हेलिकप्टरको सुविधा प्रयोग गर्न छुट दिनेछौं।' त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’

    उनले आन्दोलनमा घरपरिवारसहित सहभागी हुन आह्वान गर्दै, छरछिमेक तथा आफन्तलाई समेत प्रेरित गर्न आग्रह गरे। चैत १५ गतेको प्रदर्शन हिंसात्मक भए पनि यसपटकको आन्दोलन शान्तिपूर्ण हुने उनले बताए। उनले मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई समेत अनुगमन गर्न अनुरोध गर्ने बताए।

    भारतमा ब्रिटिश शासन सत्याग्रहबाट अन्त्य भएको उदाहरण दिँदै उनले भने, 'हाम्रो छिमेकी देशमा १९० वर्ष पुरानो शासन सत्याग्रहबाट अन्त्य भयो, हामीले पनि गणतन्त्रलाई यही बाटोबाट अन्त्य गर्छौं।' 

    यो आन्दोलन आम देशबासीको हो भन्दै उनले भने, ‘यो देश बचाउने र बनाउने आन्दोलन हो । त्यसकारण सबैले योगदान गरौं भनेर यो आन्दोलनमा सबैलाई राष्ट्रिय झण्डाको मुनि लपेटेर ल्याउन मिहिनेत गरौं ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend