२०८३, आश्विन २३ गते

images

रास्वपाको जनयात्रा जेठ २३ देखि

रास्वपाको जनयात्रा जेठ २३ देखि

बिहिवार, जेठ ८ २०८२०६:५०
बिहिवार, जेठ ८ २०८२०६:५०
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाबाट जनयात्रा सुरु गर्ने मिति तय गरेको छ। आज बिहीबार बसेको जनयात्रा संयोजन समितिको बैठकले २३ गतेदेखि झापाको मेचीनगरबाट यात्रा सुरु गर्ने निर्णय गरेको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार पहिलो जनयात्रा जेठ २३ गतेदेखि झापाबाट, दोस्रो जनयात्रा पनि झापाबाटै सुरू गर्ने र तेस्रो जनयात्रालाई स्थानीय स्तरसम्म लैजाने निर्णय गरिएको छ।  

    'यसपटकको यात्रा नवीतम तरिकाले जनताको गुनासो सुन्ने गरी हुनेछ। संगठनलाई चलायमान बनाउन यो गर्न लागिएको हो,' उनले भने, 'पार्टीको संगठन भयो अभियान भएको छैन। त्यसैले यो गर्न लागिएको हो। पार्टीको सदस्यता विस्तारमा राम्रो टेवा पुर्‍याएको छ। राजनीतिक सामाजिक हिसाबले ज्वलन्त हुन्छ भन्ने विश्वास छ।' श्रेष्ठले जनयात्राको क्रममा जनताको समस्या संकलन र समाधानको उपाय खोजीमा केन्द्रित हुने बताए। जनयात्राको औपचारिक सुरुवात भने रास्वपाले गत चैत २३ गते चितवनबाट गरिसकेको छ।  

    पार्टी सभापति रवि लामिछानेले नै अभियानलाई सुरू गर्ने भने पनि उनी चैत २२ गते पक्राउ परी जेल चलान भएपछि पार्टीका अन्य नेताहरूको सहभागितामा उद्घाटन गरिएको थियो। श्रेष्ठ यो अभियानको संयोजक हुन्। उपसंयोजकको जिम्मेवारी भने डा. तोसिमा कार्कीलाई दिइएको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend