२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • गृहमन्त्रीको राजीनामा माग भैरहँदा एमालेले किन...

गृहमन्त्रीको राजीनामा माग भैरहँदा एमालेले किन बोलायो सचिवालय बैठक ?

गृहमन्त्रीको राजीनामा माग भैरहँदा एमालेले किन बोलायो सचिवालय बैठक ?

आइतवार, जेठ ११ २०८२१०:१२
आइतवार, जेठ ११ २०८२१०:१२
  • images

    काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आइतबार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।

    ओली सरकारका गृहमन्त्री रमेश लेखकमाथि घुस लिएर भिजिट भिसामा विदेश पठाएको भन्दै ओलाचना हुन थालेको छ । उनकै सचिवालय मार्फत उक्त काम भैरहेको भन्दै गृहमन्त्रीकै पार्टी नेपाली कांग्रेसका केही नेताले समेत उनको राजीनामा मागिरहेका छन् । 

    यसको चर्चा व्यापक बन्न थालेपछि गृहमन्त्री लेखकले शनिबार गृह मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गर्न लगाई त्यस प्रकरणमा आफू संलग्न नरहेको दाबी त गरेका छन् तर यसबाट सत्तारुढ दलकै नेता सन्तुष्ट हुन सकेका छैनन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend