२०८३, आश्विन २१ गते

images

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, जेठ ११ २०८२१०:४८
आइतवार, जेठ ११ २०८२१०:४८
  • images

    काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासङ्घका अनुसार आज चाँदी २  हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार ४४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १९ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend