२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यी...

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यी ५ एजेण्डामा हुनेछ छलफल

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यी ५ एजेण्डामा हुनेछ छलफल

आइतवार, जेठ ११ २०८२११:०६
आइतवार, जेठ ११ २०८२११:०६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । केन्द्रीय समिति बैठक पार्टी कार्यालय वनस्थलीमा अपराह्न बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा पाँचवटा एजेन्डामा छलफल हुनेछ । 

    बैठकमा सभापति रवि लामिछानेमाथि लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाको आगामी प्रक्रिया, भिजिट भिसाकाण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशनलक्षित क्यालेन्डर, तेस्रो स्थापना दिवस र विविध एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए ।

    यसअघि शनिबार बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend