२०८३, आश्विन २१ गते

images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, जेठ १२ २०८२१०:४८
सोमवार, जेठ १२ २०८२१०:४८
  • images

    काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासङ्घका अनुसार आज चाँदी २  हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २  हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार ८४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १९ रुपैयाँ  कायम भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend