काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ। महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा छापामारी गर्दा उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
छापामारीका क्रममा विभिन्न योजनासँग सम्बन्धित कागजातहरू पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

