२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकः सहसचिव भूपाल बराल सचिवमा...

मन्त्रिपरिषद् बैठकः सहसचिव भूपाल बराल सचिवमा बढुवा, नार्कमा तिम्सिना नियुक्त

मन्त्रिपरिषद् बैठकः सहसचिव भूपाल बराल सचिवमा बढुवा, नार्कमा तिम्सिना नियुक्त

सोमवार, जेठ १२ २०८२११:०९
सोमवार, जेठ १२ २०८२११:०९
  • images

    काठमाडौं । नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले यो निर्णय गरेको हो। प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए। यसअघि लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले प्रशासनतर्फका तीन सहसचिवलाई बढुवाका निम्ति सिफारिस गरेको थियो। 

    नार्कको कार्यकारी निर्देशकमा तिम्सिना नियुक्त

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. कृष्णप्रसाद तिम्सिना नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तिम्सिनालाई परिषद्को कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend