२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ...

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, जेठ १३ २०८२१०:४३
मंगलवार, जेठ १३ २०८२१०:४३
  • images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक  हजार ९सय ९५  रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २  हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १० रुपैयाँ  ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend