काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् बैठक अवरोध गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले गृहमन्त्री सम्बन्धमा छानबिन नभई संसद्को बैठक चल्न नदिने बताए ।
त्यसपछि विपक्षी सांसद उठेर विरोध जनाएका छन् ।

