२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • विपक्षी दलले संसद्मै मागे गृहमन्त्रीको राजीनामा,...

विपक्षी दलले संसद्मै मागे गृहमन्त्रीको राजीनामा, आधा घण्टाका लागि स्थगित भयो बैठक

विपक्षी दलले संसद्मै मागे गृहमन्त्रीको राजीनामा, आधा घण्टाका लागि स्थगित भयो बैठक

मंगलवार, जेठ १३ २०८२११:५८
मंगलवार, जेठ १३ २०८२११:५८
  • images

    काठमाडौँ । संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।

    सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।

    samsad abirod1.jpg

    पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताए ।

    विपक्षी दलको विरोध पछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि संसद् बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend