२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सभामुखको पहलमा दलबीच छलफल, गृहमन्त्रीको भिसा...

सभामुखको पहलमा दलबीच छलफल, गृहमन्त्रीको भिसा प्रकरणले विवाद

सभामुखको पहलमा दलबीच छलफल, गृहमन्त्रीको भिसा प्रकरणले विवाद

सीएनएन खबर
मंगलवार, जेठ १३ २०८२०३:५१
सीएनएन खबर
मंगलवार, जेठ १३ २०८२०३:५१
  • images

    काठमाडौँ । प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेत र सचेतकहरू सहभागी छन् । 

    छलफलमा प्रतिपक्षले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको समेत नाम जोडिएको भन्दै छानबिनका लागि राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने अडान छाडेका छैनन् । त्यस्तै  सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने माग राखेका छन् ।


    तर सत्तापक्षको मागमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी भने सहमत हुन सकेका छैनन् । यसअघि भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभा बैठक प्रभावित बनेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर छलफल थालेपनि सहमति जुट्न नसक्दो साढे दुई बजे बस्ने भनिएको बैठक समेत बस्न सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend