२०८३, आश्विन २३ गते

images

कमल थापाले भने : ' हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ'

कमल थापाले भने : ' हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ'

मंगलवार, जेठ १३ २०८२०४:०३
मंगलवार, जेठ १३ २०८२०४:०३
  • images

    काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा थापाले यस्तो बताएका हुन् ।


    उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०-२१ वर्षको हुनुभयो ।’उनले यदि वृद्ध राजा चाहिए त्यसमा ज्ञानेन्द्र शाह पनि राजा बन्‍न तयार हुनुपर्ने बताए । उनले भने, ‘अब वृद्ध राजा चाहिन्छ भन्नुहुन्छ भने त्यसमा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ । यसबारेमा सहमतिमा आउनुपर्छ ।’


    उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend