२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • सांसद सरोजकुमार सिंहका स्वकीय सचिव अख्तियारको...

सांसद सरोजकुमार सिंहका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

सांसद सरोजकुमार सिंहका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

मंगलवार, जेठ १३ २०८२०४:१५
मंगलवार, जेठ १३ २०८२०४:१५
  • images

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिवलाई जनकपुरबाट नियन्त्रणमा लिएको छ।

    अख्तियारको टोलीले सिंहका स्वकीय सचिव  विनोदकुमार लाल कायस्थलाई उपमहानगरपालिकाबाट नियन्त्रणमा लिएको हो। साथै सांसद सिंहले प्रयोग गर्दै आएको मोबाइल समेत बरामद गरी अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।

    अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सांसद सिंहसमेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाएर खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत् झिकी आफ्नो र श्रीमतीको खातामा जम्मा गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा  अनुसन्धानका लागि कायस्थलाई नियन्त्रणमा लिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend