२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • 'प्रधानमन्त्रीको अभिव्यक्तिबाट छक्क परें', कांग्रेस किन...

'प्रधानमन्त्रीको अभिव्यक्तिबाट छक्क परें', कांग्रेस किन चुप ?

'प्रधानमन्त्रीको अभिव्यक्तिबाट छक्क परें', कांग्रेस किन चुप ?

सीएनएन खबर
मंगलवार, जेठ १३ २०८२०५:४२
सीएनएन खबर
मंगलवार, जेठ १३ २०८२०५:४२
  • images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नोबारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् ।

    ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला, तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने ।

    कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफू छक्क परेको बताए ।

    कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।


    बिराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन गर्दै कोइरालाले भने, ‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे-जे गरे पनि कांग्रेसले छुट दिंदै जाने ?’ कोइरालाले प्रश्न गरे ।

    पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend