२०८३, आश्विन २१ गते

images

लमजुङमा आगलागी, जलेर एकल महिलाको मृत्यु

लमजुङमा आगलागी, जलेर एकल महिलाको मृत्यु

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१०:०४
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१०:०४
  • images

    लमजुङ । सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । 

    आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि  प्रहरी र स्थानीयले उनी बस्ने भएको कोठाको ढोका फोरेर उनको उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend