२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संसदमा विपक्षीको अवरोध, ३० मिनेटलाई...

संसदमा विपक्षीको अवरोध, ३० मिनेटलाई स्थगित भयो संसद् बैठक

संसदमा विपक्षीको अवरोध, ३० मिनेटलाई स्थगित भयो संसद् बैठक

बुधवार, जेठ १४ २०८२०१:१३
बुधवार, जेठ १४ २०८२०१:१३
  • images

    काठमाडौँ । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।  

    विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन्।

    संसद बैठक सुरु हुनासाथ विपक्षी दलका सांसद्हरुले अवरोध गरेका थिए । यसअघि मंगलबारको बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन हिजो र आज प्रमुख सचेतकसँग छलफल गरेका थिए।

    सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए।‍ निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे। 

    विपक्षीको अवरोध कायमै भएपछि सभामुखले ३० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend