२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • राजतन्त्र र हिन्दु राष्ट्रको मागमा प्रदर्शन,...

राजतन्त्र र हिन्दु राष्ट्रको मागमा प्रदर्शन, ३ जना नियन्त्रणमा

राजतन्त्र र हिन्दु राष्ट्रको मागमा प्रदर्शन, ३ जना नियन्त्रणमा

बिहिवार, जेठ १५ २०८२०५:५५
बिहिवार, जेठ १५ २०८२०५:५५
  • images

    काठमाडौं । काठमाडौंको रत्नपार्क क्षेत्रमा बिहीबार संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शनबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    संयुक्त जनआन्दोलन समितिले राजतन्त्र पुनर्स्थापना, हिन्दु राष्ट्रको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै बिहीबारदेखि आन्दोलन सुरु गरेको हो। प्रदर्शनमा सहभागीहरूमध्ये तीन जनालाई शंका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

    उनका अनुसार ती व्यक्तिहरू कार्यक्रम स्थलमा घुसपैठ गर्न खोजेको भन्दै आफैं प्रदर्शनकारीहरूले नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका थिए। रत्नपार्कमा अपराह्न ५ बजे सम्पन्न भएको उक्त प्रदर्शनमा राजावादी समूहहरूको उल्लेखनीय उपस्थिति थियो।

    संयुक्त जनआन्दोलन समितिको नेतृत्व नवराज सुवेदीले गरिरहेका छन्। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपालजस्ता दलहरूले पनि समर्थन जनाएका छन्। आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र संयोजक सुवेदीको उपस्थिति रहेको थियो।

    यता, दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ले भने यो आन्दोलनलाई समर्थन नगर्ने स्पष्ट पारेको छ। महाअभियानका सचिव प्रेमदीप लिम्बूले विज्ञप्ति जारी गर्दै राप्रपा नेतृत्वको आन्दोलनमा आफूहरू सहभागी नहुने जनाएका छन्।

    राजावादी समूहहरूको प्रदर्शन विभिन्न ठाउँबाट र्‍यालीसहित रत्नपार्कमा पुगेको थियो। आन्दोलन शान्तिपूर्ण तर चनाखो सुरक्षाबीच सम्पन्न भएको प्रहरीले जनाएको छ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend