काठमाडौं । प्रदर्शनमा उत्रिएका राजावादी र प्रहरीबीच काठमाडौंको नक्साल क्षेत्रमा धकेलाधकेल भएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा उक्त स्थिति सिर्जना भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न राजावादी समूहहरूले आज दिउँसो दुई बजे नारायणचौरमा भेला भई बालुवाटार घेराउ गर्ने पूर्वघोषित कार्यक्रम राखेका थिए।
सोही योजनाअनुसार नारायणचौरबाट जुलुससहित अघि बढेका उनीहरूलाई प्रहरीले नक्साल नजिकै रोक्ने प्रयास गर्दा केहीबेर तनाव उत्पन्न भएको थियो।
प्रहरीले बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ।

