२०८३, आश्विन २३ गते

images

तोलामा २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, जेठ २० २०८२१०:५८
मंगलवार, जेठ २० २०८२१०:५८
  • images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५३ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend