२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • राजावादीको बैठकः लिङ्‍देन नआएपछि होहल्ला, ...

राजावादीको बैठकः लिङ्‍देन नआएपछि होहल्ला, थापा बोल्दाबोल्दै सुवेदीले गरे बैठक स्थगित

राजावादीको बैठकः लिङ्‍देन नआएपछि होहल्ला, थापा बोल्दाबोल्दै सुवेदीले गरे बैठक स्थगित

बुधवार, जेठ २१ २०८२०४:२९
बुधवार, जेठ २१ २०८२०४:२९
  • images

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको छ ।

    आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा बुधबार बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देन नआएपछि होहल्ला भएको हो । उनी बैठकमा सहभागी नभएकोमा धेरै सहभागी असन्तुष्ट भएका थिए ।

    संसद बैठकका कारण लिङ्‍देन उपस्थित हुन नसकेको भनेर बैठकको सुरुमै जानकारी गराइएको थियो । त्यसका बाबजुद पनि धेरै नेताहरूले असन्तुष्टि जनाएका थिए ।

    समीक्षा बैठक भए पनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय पनि उठेको थियो । शीर्ष नेता डराएर मिडियालाई बस्न दिएको भन्दै कतिपय सहभागीले होहल्ला गरेका थिए । त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्ने समयमा होहल्ला भएपछि आन्दोलन समितिका संयोजक नवराज सुवेदीले माइक लिएर कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend