२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • होटल, रिसोर्टदेखि क्यासिनोसम्म एकै वर्षमा उल्लेख्य...

होटल, रिसोर्टदेखि क्यासिनोसम्म एकै वर्षमा उल्लेख्य वृद्धि

होटल, रिसोर्टदेखि क्यासिनोसम्म एकै वर्षमा उल्लेख्य वृद्धि

शुक्रवार, जेठ २३ २०८२११:२७
शुक्रवार, जेठ २३ २०८२११:२७
  • images

    काठमाडौं। नेपालमा पर्यटन पूर्वाधारको तीव्र विकाससँगै होटल, लज तथा रिसोर्टको संख्या उल्लेख्य रुपमा बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पछिल्लो समय डिलक्ससहितको पाँचतारे होटलको संख्या शतप्रतिशतले वृद्धि भएको छ।

    मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २०६० फागुनसम्म मुलुकमा डिलक्ससहितको पाँचतारे होटल १८२ वटा रहेका थिए भने २०८१ फागुनसम्मको अवधिमा त्यो संख्या २१४ पुगेको छ। यो अवधिमा होटलको शैयाको क्षमता पनि उल्लेख्य रूपमा बढेको छ।

    चालु आर्थिक वर्षको फागुनसम्म डिलक्ससहितको तारे होटल तथा रिसोर्टमा ३ हजार २७० वटा शैया थप भई कुल २० हजार ३४३ पुगेको छ। यस्तै, पर्यटकस्तरीय डिलक्स, लक्जरी, हेरिटेज तथा बुटिक होटल, लज तथा रिसोर्टमा थप ५ हजार २ वटा शैया थपिएर हाल ४२ हजार २९९ पुगेको छ।

    पर्यटक अभिवृद्धिसँगै होटल, लज तथा रिसोर्टको माग बढेपछि निजी क्षेत्रले ती पूर्वाधारमा लगानी बढाएका छन्। पर्यटन व्यवसायीहरू भन्छन्, 'अब संरचना तयार भएको छ, सरकार र निजी क्षेत्रले सहकार्य गरेर पर्यटकको आगमन बढाउनुपर्छ।'

    यता, क्यासिनो व्यवसाय पनि विस्तार भएको छ। मन्त्रालयका अनुसार २०८१ फागुनसम्म ९ वटा पारम्परिक क्यासिनो र २० वटा आधुनिक मेसिनमार्फत सञ्चालन हुने क्यासिनो गरी २९ वटा क्यासिनो सञ्चालनमा छन्। २०८१ को असारसम्म यो संख्या २६ मात्र थियो।

    पर्यटकलाई सहजीकरण गर्ने ट्राभल, ट्रेकिङ र र्‍याफ्टिङ एजेन्सीहरूको संख्या समेत उल्लेख्य छ। हालसम्म ट्राभल एजेन्सी ४,९६३, ट्रेकिङ एजेन्सी ३,२५२ र र्‍याफ्टिङ एजेन्सी ९७ दर्ता भएका छन्।

    त्यस्तै, पर्यटन गाइडको संख्या पनि व्यापक छ। हाल ५,२६९ टुर गाइड, २७,१२८ ट्रेकिङ गाइड र ४२५ जना रिभर गाइड दर्ता छन्। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान  बाट हालसम्म २८,२३३ जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन्।

    सरकारले आगामी दिनमा पर्यटन क्षेत्रलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने तयारी गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend